हरिप्रसाद कोइराला
उर्लाबारी, कात्तिक २४ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बूलाई गृहनगर मोरङको पथरीशनिश्चरेमा सम्मान गरिएको छ ।
उहाँलाई पथरी ११ फुटबल क्लबले शुक्रबार २५ हजार रुपियाँसहित सम्मान गरेको हो । साफ च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सरुलाई सम्मान गरिएको क्लबका अध्यक्ष सुमन विकले बताउनुभयो ।
क्लबका अध्यक्ष सुमन विक र सचिव केशर राईलगायतले सरुलाई नगद र सम्मानपत्र प्रदान गर्नुभयो । सरु पथरीशनिश्चरे नगरकी स्थायी बासिन्दा हुनुहुन्छ ।