काठमाडौँ, कात्तिक २५ गते । आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलमा नेपालले थाइल्यान्डलाई एक सय ४० रनको लक्ष्य दिएको छ ।
युएईस्थित अज्मानस्थित द सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनायो । नेपालका लागि साना प्रविनले अर्धशतक प्रहार गर्नुभयो । उहाँले ४६ बलमा सात चौकाको सहयोगमा ५३ रन बनाउनुभयो ।
यस्तै सावित्री धामीले २८ र सोनी पाख्रीनले १९ रन बनाउनुभयो । बलिङमा थाइल्यान्डकी नाथारिका थोकाईले तीन विकेट लिनुभयो । केसिनी काउजुम्फोलले दुई तथा कुरानित सुवान्चोराथीले एक विकेट लिनुभयो ।