काठमाडौँ, कात्तिक २५ गते । लिभरपुलले इङ्लिस प्रिमियर लिगमा आफ्नो अग्रता थप बलियो बनाएको छ ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–० गोलले हरायो ।
लिभरपुलको जितमा डार्विन नुनेजले २०औँ र मोहमद सलाहले ८४औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै लिभरपुलले शीर्षस्थानमा पाँच अङ्कको अग्रता बनाएको छ ।
११ खेल सकेको लिभरपुलको २८ अङ्क छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ अङ्क छ । पराजित एस्टन १३ अङ्कसहित आठौँ स्थानमा छ । एजेन्सी