काठमाडौँ, कात्तिक २३ गते। नेपालका तीन बडी बिल्डिङ रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले शुक्रबार १५ औँ विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सीप २०२४ मा रजत पदक जित्नुभएको छ।
विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स फेडरेसन्ससँगको सहकार्यमा बडी बिल्डिङ एसोसिएसन अफ माल्दिभ्सद्वारा आयोजित मालेमा भएको प्रतियोगितामा रुजेशले ६० केजी, प्रज्वलले ४० वर्षमाथि र रजनीले ५५ केजीमाथि दोस्रो स्थान हासिल गर्नुभएको हो।
प्रतियोगितामा नेपालका छ खेलाडीले सहभािगता जनाएका छन्। ललित धिमाल, रजित आचार्य र सनम मुलगुठीले शनिबार प्रतिस्पर्धा गर्नुहुनेछ।