पलेशाले ६५ लाख रुपियाँ पुरस्कार पाउने
परेसि पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले नेपाल सरकारबाट ६५ लाख रुपियाँ पुरस्कार पाउनुहुनेछ ।
एन्फा महिला लिगमा १० टोली
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा एन्फा महिला लिग आइतबारदेखि सुरु हुने भएको छ ।
टी–२० विश्वकप टोलीलाई जनही तीन लाख
नेपाल क्रिकेट सङ्घ (क्यान) ले हालै अमेरिका र वेस्टइन्डिजमा भएको आइसिसी टी–२० विश्वकप क्रिकेटमा सहभागी खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार प्रदान गर्ने भएको छ ।
विश्वकप लिग–२ : क्रिकेट टोलीको अभ्यास श्रीलङ्कामा
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारी श्रीलङ्कामा गर्ने भएको छ ।
एनपिएल फ्रेन्चाइज टोली सार्वजनिक
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) सहभागी हुने आठ वटै फ्रेन्चाइज टोलीकोे नाम सार्वजनिक गरेको छ ।
छात्रा खेलाडीमा बढ्दै फुटबल मोह
गुल्मीमा छात्राहरूको फुटबल मोह बढ्दैगएको छ । तम्घासस्थित पुलचोक स्पोटर्स क्लबले विशेष गरी आफ्नो वार्षिकोत्सवको अवसरमा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१० सम्म) को छात्रा फुटबल प्रतियोगिताको आयोजना गर्दैआएको छ ।
दसौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ: प्रचण्ड
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको अनुगमनपछि उहाँले यस्तो धारणा राख्नुभएको हो ।
एनपिएलमा आठ टिम
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ फ्रेन्चाइ टिमलाई सहभागिता गराउने भएको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । क्यानको महìवकाङ्क्षी प्रतियोगिता एनपिएल मङ्सिर १५ देखि पुस ६ सम्म काठमाडौँमा हुने तय भइसकेको छ । क्यानले एनपिएलको लोगो पनि सार्वजनिक गरिसकेको छ ।
उत्कृष्ट खेलाडीलाई कार उपहार
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले वर्षका उत्कृष्ट महिला र पुरुष खेलाडीको घोषणा गरी प्रोत्साहनस्वरूप कार प्रदान गर्ने निर्णय गरेको छ । खेलाडी, प्रशिक्षक र रेफ्री सम्मा
पारालिम्पिकः पलेशालाई कांस्य पदक
पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य जितेकी हुन् ।
टेबलटेनिसमा सार्थकलाई स्वर्ण
बृहस्पति विद्यासदनका सार्थक मानन्धरले केकेएम–एनआरटी अन्तरविद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यु–१६ छात्र एकलमा स्वर्ण जित्नुभएको छ ।
खेलकुद परिषद् ६१ वर्षमा प्रवेश
राष्ट्रिय खेलकुद परिषद्को ६१औँ वार्षिक उत्सव मनाइएको छ ।
पारा ओलम्पिक : भरत पहिलो खेलमै पराजित
नेपालका तेक्वान्दो खेलाडी भरतसिंह महता पेरिस पारा ओलम्पिकको पहिलो चरणमै पराजित हुनुभएको छ ।
आरजु राइस गोल्डकप असोजमा
एलएक्ससिटी फुटबल क्लब बेलबारी मोरङको आयोजनामा आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सातौँ संस्करण असोज ११ गते देखि हुने भएको छ ।
पारसले गुजरातबाट लिजेन्ड्स लिग खेल्ने
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव एवं राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले गुजरात जायन्ट्सबाट लिजेन्ड्स लिग क्रिकेट खेल्ने हुनुभएको छ ।
प्रधानमन्त्रीबाट महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गर्नुभएको छ ।
यो उपाधि आन्दोलनमा ज्यान गुमाएका विद्यार्थीप्रति समर्पित छ : बङ्गलादेशी प्रशिक्षक
साफ यु–२० च्याम्पियनसिपको फाइनलमा विजयी भएपछि बङ्गलादेशका प्रशिक्षक मरुफुल हकले यो ट्रफी विद्यार्थी आन्दोलनमा ज्यान गुमाएकालाई समर्पित गर्ने बताउनुभएको छ।
आइसिसीको अध्यक्षमा भारतका जय शाह निर्वाचित
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित हुनुभएको छ ।
उर्लाबारी रन असोजमा
मोरङको उर्लाबारीमा आगामी असोज ३ गते उर्लाबारी रनको सातौँ संस्करण आयोजना हुने भएको छ ।
साफ यू–२० फुटबल : नेपाललाई हराउँदै बङ्गलादेश च्याम्पियन
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो ।
सन्दीप र ललित बिबीएलको ड्राफ्टमा
नेपालका लेग स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशी अस्ट्रेलियाको बिग बास लिग (बिबीएल) को ‘ड्राफ्ट’ मा पर्नुभएको छ ।
बार्सिलोनाको रोमाञ्चक जित
बार्सिलोनाले स्पेनिस ला लिगामा रोमाञ्चक जित निकालेको छ । मङ्गलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले रायो भालेकानोलाई उसैको मैदानमा २–१ गोलले हरायो ।
पेरिस पारालिम्पिक आजदेखि, पलेसा र भरतको प्रतिद्वन्द्वी तय
पेरिस पारालिम्पिक–२०२४ बुधबार (आज) देखि फ्रान्सको पेरिसमा सुरु हुँदैछ । पारालिम्पिकमा भाग लिन नेपाली खेलाडी पेरिस पुगिसकेका छन् ।
एन्फा महासचिव राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय बहुमतले पारित
अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ ।