• १० मंसिर २०८१, सोमबार

लुम्बिनीको ब्रान्ड एम्बेसडरमा नायक राजेश हमाल

blog

काठमाडौँ, कात्तिक २५ गते । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि लुम्बिनी लायन्सले नायक राजेश हमाललाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

लुम्बिनीले सोमबार एक कार्यक्रमबिच हमाललाई ब्रान्ड एम्बेसडरको रूपमा सार्वजनिक गरेको हो । लुम्बिनी र हमालबिच ब्रान्ड एम्बेसडर सम्बन्धी एक वर्षको सम्झौता भएको जानकारी दिइयो । कार्यक्रममा नायक हमालले लोकप्रिय खेल क्रिकेटमा लुम्बिनीको ब्रान्ड एम्बेसडर बन्न पाउँदा खुसी लागेको बताउनुभयो ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले हमाल जस्तो व्यक्तित्वलाई टोलीमा समावेश गर्न पाउनु उत्कृष्ट क्षण भएको बताउनुभयो । एनपीएलको फ्रेन्चाइज टोली लुम्बिनीले मार्की खेलाडीको रूपमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेललाई अनुबन्ध गरेको छ ।

टोलीको कन्सलट्यान्ट प्रशिक्षकमा शक्ति गौचन हुनुहुन्छ । नेपाल क्रिकेट सङ्घले सञ्चालन गर्न लागेको एनपीएल मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।