काठमाडौँ, कात्तिक २६ गते । स्पेनमा भएको एफआएए मोटर स्पोर्ट्स गेम्समा सहभागी नेपाली टोली स्वदेश फर्किएको छ ।
यस प्रतियोगितामा विश्वका ८२ देशका ६४६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालबाट सहभागी ६ खेलाडीले इ–स्पोर्ट्स जिटी र अटो स्लाम गरी दुई विधामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको उद्घाटन सत्रमा नेपालको झण्डा दिप्रश शाक्यले बोक्नुभएको थियो ।