• २३ मंसिर २०८१, आइतबार

जित्नैपर्ने दबाबबिच युएईसँग बलिङ गर्दै नेपाल

blog

काठमाडौँ, कात्तिक २८ गते । आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले अहिले घरेलु टोली युएईविरुद्ध बलिङ गर्दैछ । 

युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो । विश्वकपमा छनोट हुन नेपाललाई जित्नैपर्ने दबाब छ । नेपाललाई खेल मात्र जितेर पुग्ने छैन । युएईलाई फराकिलो अन्तरले हराउनुपर्नेछ । 

नेपालले अब युएईलाई १६. ओभरमा लक्ष्य पूरा गरेर जित्नुपर्ने बाध्यता छ । युएई अघिल्ला पाँच खेलमा १० अङ्क जोड्दै शीर्षस्थानमा छ । चार जित र एक हारसहित आठ अङ्क जोडेको नेपाल दोस्रो स्थानमा छ । 

यसअघि युएईले कुवेतलाई १०६ र १८४ रन, थाइल्यान्डलाई ७४ रन र नौ विकेट तथा नेपाललाई १३ रनले हराएको थियो । यस्तै नेपालले कुवेतलाई १०८ र १६५ तथा थाइल्यान्डलाई ६७ र १०६ रनले हराएको थियो ।