• १५ कात्तिक २०८१, बिहिबार

कनकाई ३ लाई वडास्तरीय फुटबल उपाधि

blog

लीलाराज खड्का

बिर्तामोड, कार्तिक १५ गते । यहाँस्थित होटल डिलाइट र अमेरिकी भूतपूर्व सैनिक आशिस सङ्ग्रौलाले यहाँस्थित सुरुङ्गामा आयोजित कनकाई वार्डस्तरीय दसैंतिहार कप फुटबल प्रतियोगिताको उपाधि कनकाई ३ ले जितेको छ । 

बुधवार सम्पन्न फाइनल खेलमा ३ नम्बरले ५ लाई १—० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै कनकाई ३ ले  नगद ७१ हजार रुपियाँ प्राप्त गर्यो भने उपविजयी हुने टिम ५ नम्बरले नगद ३५ हजारमा चित्त बुझायो । कनकाई ३ को लागि आज पनि क्षितिज कुँवर नायक बने खेलेका सबै खेलमा म्यान अफ द म्याच  बन्न सफल कुँवरले आज पनि आफ्नो टिमका लागि खेलको १९ औ मिनेटमा सुन्दर गोल गर्दै टिमलाई वाजयी बनाए । 

कुँवरले छातीले बल रोक्दै अगाडि बढाएर सोझै गोलपोस्टमा बल छिराउनुभएको थियो । छितिज आजको खेलको पनि म्यान अफ द म्याच हुँदै नगद १५ सय प्राप्त गर्नुभयो । 

विजयी हुने टिम तथा उपबिजयी हुने दुबै टिमलाई कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नम्बर ४ का सांंसद एलपी साँबा लिम्बु, प्रदेश सांसद राधाकृष्ण खनाल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी , संविधानसभा सदस्य अम्बिका राजवंशी,  कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लागाई, आयोजक समितिका ख्याम ओली, आशिष सङ्ग्रौला, नवीन सुवेदीलगायातले नगद र ट्रफी प्रदान गर्नुभयो । 

यसैगरी यस खेलमा विधागततर्फको सर्वोकृष्ट खेलाडी कनकाई ३ का आदित्य बानियाँ हुनुभयो । उहाँले नगद ५ हजार प्राप्त गर्नुभयो । यसैगरी हाईस्कोरकर्ताका रुपमा कनकाई ५ का रोचन लिम्बु हुँदै उहाँले नगद ५ हजार रुपियाँ प्राप्त गर्नुभयो ।  उत्कृष्ट गोलकिपर कनकाई ३ का विवेक वाग्ले र उत्कृष्ट डिफेन्डर कनकाई ३ कै विशाल र्मुर्मुले नगद ५ हजार प्राप्त गर्नुभयो । 

यसैबिच कनकाई नगरपालिका क्षेत्रबाट खेल खेलेर हाल राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिरहने फुटबलका राष्ट्रिय खेलाडी रोहन कार्की र महिला तर्फकी उमेर समूहकी राष्ट्रिय खेलाडी सिम्रन राईलाई नगद  सम्मान गरिएको थियो ।