• ९ मंसिर २०८१, आइतबार

साफ महिला च्याम्पियनसिप फाइनल : प्याराफिटमा दर्शकको घुइँचो

blog

दशरथ रंगशालामा फाइनल हेर्न पुगेका दर्शक । तस्बिरः विकास द्वारे

काठमाडौँ, कात्तिक १४ गते। साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल अहिले ६ः३० बजे सुरु हुँदै छ। बंगलादेशविरुद्ध फाइनल खेल्ने एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा ११ खेलाडीको नाम सार्वजनिक भइसकेको छ। दशरथ रङ्गशालाको प्याराफिटमा दर्शकको घुइँचो देख्न सकिन्छ। खेलाडी भने मैदानमा अभ्यास गरिरहेका छन्। 

बंगलादेशविरुद्ध खेल्ने टोलीमा एक परिवर्तन भएको छ। रेखा पौडेलको स्थानमा सरूँ लिम्बुलाई मौका दिइएको छ। यसअघि भारतविरुद्धको सेमिफाइनलमा रेखालाई रातो कार्ड दिइएका कारण उहाँले खेल्न नपाउनुभएको हो।

कप्तान तुम्बापोसहित नेपाली खेलाडीमा पूजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सरूँ लिम्बु, सावित्रा भण्डारी, गीता राना, प्रीति राई, सविता राना मगर र अभिष कार्की हुनुहुन्छ। अतिरिक्त खेलाडीमा उषा नाथ, समीक्षा घिमिरे, रश्मि कुमारी घिसिङ, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, अञ्जना रना मगर, निशा थोकर र रजनी थोकर हुनुहुन्छ।  

तस्बिरः विकास द्वारे