• २९ कात्तिक २०८१, बिहिबार

साफ फाइनल : बङ्गलादेशले अग्रता लिएको चार मिनेटमै नेपालकी अमिशा कार्कीको सुन्दर गोल

blog

काठमाडौँ, कात्तिक १४ गते । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको दोस्रो हाफमा बङ्गलादेशले लिएको अग्रतालाई तोड्दै नेपालले बराबरी गोल गरेको छ । 

खेलको ५२ मिनेटमा नेपालको डिफेन्सको कमजोरीलाई उठाउँदै बङ्गलादेशका मोनिका चक्माले गोल गर्नुभएको थियो । त्यसको चार मिनेटमा नेपालकी अमिशा कार्कीले गोल फर्काउनुभएको हो । 

६१ मिनेटमा नेपालका सावित्रा भण्डारीले एक्लै अगाडि बढाउनुभएको बल पोस्ट बाहिर पुगेको छ । ६८ मिनेटमा नेपालकी कप्तान गोल किपर एन्जिला तुम्बापो लिम्बुले सुन्दर बचाउ गर्दा उहाँको घुँडामा चोट लागेको छ । यद्यपि उहाँ खेलमा फर्किनुभएको छ । 

७१ मिनेटमा सावित्राको प्रहार पुनः पोस्ट बाहिर पुगेको छ ।