• १० मंसिर २०८१, सोमबार

नेपाल–बङ्गलादेश फाइनल : दोस्रो हाफमा नेपालका दुई खेलाडी परिवर्तन

blog

काठमाडौँ, कात्तिक १४ गते । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको दोस्रो हाफमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि नेपालले दोस्रो हाफमा खेलाडी परिवर्तन गरेको हो । नेपालले सरूँ लिम्बुको स्थानमा रश्मि कुमारी घिसिङ र पूजा रानाको स्थानमा समीक्षा घिमिरे मैदानमा उतारेको छ ।