लीलाधर वली
घोराही, मङ्सिर २६ गते । दाङको घोराहीमा दुईसय बढी विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । घोराही उपमहानगरपालिका –१६ वडा कार्यालयले वडाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चिसो मौसममा लगाउनका लागि आवश्यक पर्ने जम्वर र ट्राउजर सहयोग गरेको हो ।
घोराही उपमहानगरपालिका वडा १६ मा रहेका तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत वडा कार्यालयले शुक्रवार पोसाक वितरण गरेको हो ।
वडा कार्यालयको आर्थिक वर्ष २०८२–८३ को सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यायो कपडा वितरणका लागि बिनियोजन गरिएको तीन लाख रुपियाँबाट वडामा रहेका तीन वडा सामुदायिक विद्यालयमा अध्ययनरत एकसय २५ जना विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको वडा अध्यक्ष ताराबहादुर डाँगीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष डाँगीका अनुसार प्राथमिक विद्यालय सानीअम्बापुर सर्रामा अध्ययनरत ४८, वातावरणीय आधारभूत विद्यालय करौतीडाँडामा अध्ययनरत ५८ जना र आधारभूत विद्यालय बाहुनडाँडामा अध्ययन एकसय १७ जना विद्यार्थीलाई चिसोमा लगाउनका लागि कपडा वितरण गरिएको छ ।
बाँकी रहेको बजेटबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिने बताउनुभयो । वडा अध्यक्ष डाँगीले भन्नुभयोे, ‘सामुदायिक विद्यालय आर्थिक रुपमा विपन्न समुदायका विद्यार्थीले अध्ययन गर्ने र यीमध्ये कतिपय बालबालिकाले चिसो मौसममा लगाउने न्यायो कपडा समेत नपाउने गरेको देखेपछि यस बर्ष बजेट बिनियोजन गरेर न्यायो कपडा वितरण गरेका हौं ।’
आर्थिक रुपमा विपन्न र कतिपय आमाबुबा नभएका बालबालिकाले विद्यालयमा पढ्ने गरेको र उनीहरुलाई न्यायो कपडा निःशुल्क रुपमा वडा कार्यालयले सहयोग गरेर विद्यार्थीलाई ठुलो गुन लगाउने काम गरेको आधारभुत विद्यालय बाहुनडाँडाका प्रधानाध्यापक रमेशकुमार पाण्डेयले बताउनुभयो ।