• १२ पुस २०८१, शुक्रबार

नेपालको पहिलो प्रहार क्रसबारमा लागेर फर्कियो

blog

तस्बिरः विकास द्वारे

काठमाडौँ, कात्तिक १४ गते । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा बङ्गलादेशको पोस्टमा नेपालले खेलको १० औँ मिनेटमा गरेको प्रहार क्रसबारमा लागेर फर्किएको छ । अमिशा कार्कीको प्रहार क्रसबारमा लागेर फर्किएको हो ।

यसअघि खेल सुरु भएको दोस्रो मिनेटमै बङ्गलादेशका कप्तान सविना खातुनको प्रहार पोलमा लागेर फर्किएको थियो । 

खेलको १५ मिनेटसम्म दुवै पक्षबाट गोल हुन सकेको छैन । नेपाल बिस्तारै लयमा देखिएको छ ।