नेपाल र भारतबिचको पहिलो हाफ गोलरहित बराबरी
साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारतबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
रियलमाथि बार्सिलोनाको प्रभावशाली जित
रियलको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४–० गोलले हरायो ।
उसुको विश्वकपमा नेपालका विजयलाई कांस्य पदक
जापानमा जारी उसुको तेस्रो थाउलो विश्वकप–२०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक प्राप्त भएको छ ।
साफ महिला च्याम्पियनसिप : बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा
साविक विजेता बङ्गलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
विश्वकप लिग–२ : अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल
विश्वकप लिग–२ मा नेपालले पहिलो खेल आज राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। उक्त खेल राति ९ः१५ बजे सुरु हुनेछ।
दोस्रो ज्योतिपुञ्ज कपको उपाधि नवलपुरलाई
जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहित रामपुरमा भएको दोस्रो ज्योतिपुञ्ज कपको उपाधि युनाईटेड यूथ क्लब गिरुबारी नवलपुरले जित्न सफल भएको छ । फाइनल खेलमा गन्नी फुटबल क्लब पोखरालाई पराजित गर्दै युनाईटेड यूथ च्याम्पियन बनेको हो ।
आइसिसी विश्वकप लिग–२ : नेपाली टोली घोषणा
अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ ।
भारतसँग नेपालको वास्तविक परीक्षा
साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने सपना पूरा गर्न नेपाललाई आइतबार पाँच पटकको विजेता भारतविरुद्धको खेल हार्ने छुट छैन ।
झापालाई बेलबारी गोल्डकप उपाधि
आरजु राइस बेलबारी गोल्डकप फुटबलको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ ।
सुनिरा र रितिक च्याम्पियन
सुनिरा थापा र रितिक राणा चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन बन्नुभएको छ ।
बिपी कोइराला स्मृति कप : भारतको लाइफ केयरलाई उपाधि
बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भारतको लाइफ केयर क्रिकेट क्लबले जितेको छ।
आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको घोषणा
अमेरिकामा शनिबारदेखि सुरु भएको आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।
स्कटल्यान्डसँग हार्यो अमेरिका
आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिजमा घरेलु टोली अमेरिका स्कटल्यान्डसँग १० विकेटले पराजित भएको छ ।
यु–१७ एसियन कप छनोट : नेपाल दोस्रो खेलमा कतारसँग पराजित
नेपालले एएफसी यु–१७ एसियन कप छनोटमा लगातार दोस्रो हार खेपेको छ ।
दक्ष खेल प्रशिक्षक उत्पादन गर्दै राप्तीसोनारी
प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले बाँकेको राप्तीसोनारी गाउँपालिकाले खेल शिक्षकलाई प्रशिक्षण दिने कार्यक्रमलाई जोड दिएको छ ।
आयुश र अनिशालाई ‘राप्तीसोनारी रन’को उपाधि
दसौँ धारा नेपालगन्ज म्याराथनको प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार आयोजना गरिएको राप्तीसोनारी ५ किलोमिटर रनको उपाधि आयुस केसी र अनिशा थारुले जित्नुभएको छ ।
फुङ्लिङ रिपोर्टिङ क्लबलाई फुटबल उपाधि
ताप्लेजुङको फुङ्लिङमा सम्पन्न स्वर्गीय चन्द्रबहादुर नयोङ्हाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि फुङ्लिङ रिपोर्टिङ क्लबले जितेको छ । फाइनलमा मिलन चौतारी युवा क्लब खोक्सेलाई ५–४ गोल अन्तरले पराजित गर्दै फुङ्लिङले उपाधि जितेको हो ।
बजेट जताततै, एउटै छैन खेल मैदान
व्यवस्थित खेल मैदानको अभावमा अमरगढीमा ठुला खेल सञ्चालन हुन सकेको छैन ।
ज्योतिपुञ्ज कपको फाइनलमा गन्नी र युनाईटेड
पोखरा पाल्पामा जारी दोस्रो ज्योतिपुञ्ज कपको फाइनलमा गन्नी फुटबल क्लब पोखरा र युनाईटेड युथ क्लब नवलपुरले प्रतिस्पर्धा गर्ने भएका छन् ।
माघको तेस्रो सातादेखि आहा गोल्डकप
२४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८१ माघको तेस्रो सातादेखि हुने भएको छ । मोफसलको चर्चित क्लब सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो।
चापाकोट र शुक्लागण्डकीलाई उपाधि
पुतलीबजार नगरपालिका –१२ पेल्काचौरमा आयोजित अन्तर वडा स्तरीय भलिबलमा पुरुषतर्फ चापाकोट र महिला तर्फ शुक्लागण्डकीले जितेका छन्।
भोलिदेखि राष्ट्रिय स्क्राबल प्रतियोगिता
गुल्मीमा राष्ट्रियस्तरको स्क्राबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा पहिलो पटक यस जिल्लामा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिताको आयोजना गरिएको हो ।
कमल थापालाई दुई राष्ट्रिय उपाधि
कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा आज दुई उपाधि जित्नुभएको छ । सातदोबाटोस्थित नेपाल टेनिस सङ्घको कोर्टमा भएको उक्त प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिङ्गल्समा गरी दुई उपाधि जित्नुभएको हो ।
साफ महिला च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।