• १२ कात्तिक २०८१, सोमबार

रियलमाथि बार्सिलोनाको प्रभावशाली जित

blog

गोल गरेपछि खुसी मनाउँदै रोबर्ट लेवान्डोस्की र लामिन यमल ।

काठमाडौँ, कात्तिक ११ गते । स्पेनिस ला लिगा अन्तर्गत एल क्लासिकोमा बार्सिलोनाले प्रभावशाली जित निकालेको छ ।

रियलको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४–० गोलले हरायो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले खेलमा दुई गोल गर्नुभयो ।  लामिन यमल र राफिन्हाले एक एक गोल गर्नुभयो ।

बार्सिलोनाले सबै गोल दोस्रो हाफमा गरेको हो । एकपक्षीय जितसँगै बार्सिलोनाले शीर्षस्थानमा ६ अङ्कको अग्रता बनाएको छ । लिगमा ११ खेल सकेको बार्सिलोनाको ३० अङ्क छ । पराजित रियल २४ अङ्कसहित दोस्रो स्थानमा छ । एजेन्सी