• २१ मंसिर २०८१, शुक्रबार

प्रतियोगिताको उपाधि पेदाङ क्लबलाई

blog

ट्रफीका साथ उपाधि विजेता पेदाङ स्पोर्टिङ क्लबका खेलाडी ।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित खेवाङमा सम्पन्न खेवाङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पेदाङ स्पोर्टिङ क्लबले जितेको छ । पाँचथरको कुम्मायक गाउँपालिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै सिरिजङ्घा गाउँपालिका –५ पेदाङले उपाधि जितेको हो ।

तिहारको अवसरमा खेवाङ स्पोर्टिङ क्लबले आयोजना गरेको सातौं संस्करण अन्तर्गतको प्रतियोगिताको उपाधि जितसँगै पेदाङले एक लाख ५१ हजार १११ रुपियाँ राशिको नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । यस्तै, उपविजेतामा सीमित बनेको कुम्मायक गाउँपालिकाले एक लाख एक हजार १११ रुपियाँ नगद र ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगिताको सेमिफाइनलमा पेदाङले स्थानीय लालीगुराँस स्पोर्टिङ क्लब सुरुम्खिम र कुम्याक गाउँपालिकाले नेपाल पुलिस क्लब कोशी प्रदेशको टोलीलाई पराजित गरी फाइनल पुगेको थियो । प्रतियोगितामा विभिन्न आठ टोलीले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष विनम माबोले जानकारी दिनुभयो ।

विजेता टोलीलाई कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले पुरस्कार राशि तथा ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य, नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्नुभएको थियो ।