• २२ मंसिर २०८१, शनिबार

एक खेल अगाडि नेपाल ‘हङ्कङ सिक्सेस’को क्वाटरफाइनल प्रवेश

blog

इंग्ल्याण्डविरुद्ध ब्याटिङ गर्दै नेपालका कप्तान सन्दीप जोरा । तस्बिरः क्यान

काठमाडौँ, कात्तिक १६ गते। नेपाल ‘हङ्कङ सिक्सेस’को क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा इङ्ल्याण्डमाथि छ विकेटले विजयी भएको थियो। नेपालको समूहमा रहेको अस्ट्रेलियाले ३४ रनको जित निकालेसँगै नेपाल एक खेल अगाडि क्वाटरफाइनल पुगेको हो।  इग्ल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ। नेपालले समूह चरणको अन्तिम खेल अस्ट्रेलियासँग शनिबार बिहान खेल्दैछ।

हङ्कङको मोङ ककमा शुक्रबार भएको पहिलो खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गरेको थियो। 

नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको याेगदान दिनुभयो। उहाँले १२ बलमा चार चौका र छ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाउनुभएको हो।

त्यसैगरी लोकेश बमले ११ बलमा एक चौका र दुई छक्काको सहयोगमा २० रन बनाउनुभयो। राशिद खानले पाँच बलमा दुई चौका र दुई छक्काको सहयोगमा २१ रन जोड्नु भयो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङल्याण्डले पाँच दशमलव पाँच ओभरमा छ विकेट गुमाएर ९७ रन बनाएको थियो।

इङल्याण्डका लागि कप्तान रवि भोपाराले १२ बलमा एक चौका र सात छक्काको सहयोगमा ४९ रन जोड्नुभयो। स्मिथ पटेलले १७ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ३९ रन बनाउनुभयो। नेपालका प्रतिश जिसीले दुई विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले समान एक–एक विकेट लिनुभयो।