• १० मंसिर २०८१, सोमबार

गुरुङलाई मानार्थ ब्ल्याक बेल्ट

blog

स्याङ्जा, कात्तिक १७ गते । नेपाल गोजुरियो कँराते-डो संघ स्याङ्जाको आयोजना फेदीखोला गाउँपालिका-२ को समन्वयमा तेस्रो जिल्ला स्तरीय बेल्ट ग्रेडिङ्ग तथा  दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ। 

जिल्ला कराते महासंघ, स्याङ्जाका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षता र फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुबेदीको प्रमुख आथित्यतामा सम्पन्न दीक्षान्त कार्यक्रममा फेदीखोला गाउँपालिकाको २१ खेलाडीको सहभागिता थियो । ३५ जना कराते खेलाडीले ब्ल्याक बेल्टबाट दिक्षित भएका छ्न्।

सिद्धार्थ मावि फेदीखोलाको खेल मैदानमा आयोजित दीक्षान्त कार्यक्रममा विश्व गोजुरियो कराते डो संघका उपाध्यक्ष, नेपाल कराते महासंघका सचिब शिहान बिआर मित्रले सिनियरतर्फ खेलाडीहरुलाई ब्ल्याक बेल्ट र जूनियर ग्रेडिङतर्फ ग्रीन र ब्राउन बेल्ट प्रदान गर्नुभयो । 

उक्त अवसरमा गोजुरियो कराँते खेलको संरक्षण र प्रवर्धनमा गरेको योगदानको सम्मानस्वरूप विशेष अतिथि नेपाल कराँते महासंघका सचिव शिहान बिआर मित्रले फेदीखोला गाउँपालिका २ का अध्यक्ष अबिलास गुरुङलाई नेपाल गोजुरियो कराँते डो संघ, नेपालको तर्फबाट मानार्थ ब्ल्याक बेल्टबाट सम्मान गर्नुभयो । 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देऊकुमारी गुरुङसहितको उपस्थिति थियो । भारतको पुनामा सम्पन्न भएको आठौ अन्तर्रास्ट्रिय एशिएन च्याम्पियनसीप खेल र काठमाडौमा भएको साउथ एसियन ओपन कँराते च्याम्पियन सीप खेलमा सहभागी भइ बिजेता सबैलाई पालिकाले निःशुल्क स्वास्थ बिमा गर्ने फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । हाल पालिकाभरी करिब २०० भन्दा बढी खेलाडीहरुले नियमित प्रशिक्षण गर्दै आएका छन् ।