• १२ पुस २०८१, शुक्रबार

खेलाडीलाई शुभकामना दिन प्रधानमन्त्री ओली रङ्गशालामा

blog

नेपाली खेलाडीलाई शुभकामना दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौँ, कात्तिक १४ गते । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रङ्गशाला पुग्नुभएको छ । मैदानमै पुगेर प्रधानमन्त्री ओलीले नेपाल र बङ्गलादेशका खेलाडीलाई शुभकामना दिनुभएको छ । प्रधानमन्त्रीसँगै मैदानमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसमेत दशरथ रङ्गशालामा पुग्नुभएको छ । 

प्रधानमन्त्री, उपप्रधानमन्त्रीसँगै मैदानमा पुगेर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित विशिष्ट व्यक्तित्व मैदानमा पुगेर शुभकामना दिनुभएको हो ।