• १२ पुस २०८१, शुक्रबार

साफ फाइनल : नेपाल र बङ्गलादेशको पहिलो हाफ गोलरहित बराबरीमा सकियो

blog

बंगलादेशविरुद्ध बल अगाडि बढाउँदै नेपाली खेलाडी । तस्बिरः विकास द्वारे

काठमाडौँ, कात्तिक १४ गते । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।  बङ्गलादेशको पोस्टमा नेपालले खेलको १० औँ मिनेटमा गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । अमिशा कार्कीको प्रहार क्रसबारमा लागेर फर्किएको हो ।

यसअघि खेल सुरु भएको दोस्रो मिनेटमै बङ्गलादेशका कप्तान सविना खातुनको प्रहार पोलमा लागेर फर्किएको थियो । बङ्गलादेशका मोनिका चक्माले ३३ औँ मिनेटमा डिबक्स छेउबाट गर्नुभएको फ्रिकिक प्रहार बाहिर गएको थियो। नेपालले केही महत्त्वपूर्ण अवसर पाए पनि गोल गर्न नसकेको हो । बङ्गलादेशको केही प्रहार नेपाली गोलरक्षकले बचाउ गर्नुभयो ।  

नेपालले आज अग्रपंक्तिमा एउटा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) मात्र राखेर खेलेको छ ।  २०औँ मिनेटमा नेपालकी अमृता जैसीलाई पहिलो पहेँलो कार्ड  पाउनुभयो ।  २०औँ मिनेटमा विपक्षी खेलाडीमाथि फल हानेपछि नेपालकी अमृता जैसीलाई पहिलो पहेँलो कार्ड देखाइएको थियो । नेपालले पहिलो हाफमा अग्रपंक्तिमा एउटा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) मात्र राखेर खेलेको छ । बङ्गलादेश साबिक विजेता हो । यस अघिल्लो संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।