• १० कात्तिक २०८१, शनिबार

ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोर्स हुने

blog

ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स बारे जानकारी दिन्दै आयोजक ।

काठमाडौँ, कात्तिक ६ गते । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा अक्टोबर २५ देखि नोभेम्बर ९ तारिखसम्म नेपालमा ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने भएको छ ।

सङ्घले मङ्गलबार पत्रकार सम्मेलन गर्दै नेपालमा बिडब्लुएफ लेभल वान र लेभल टु कोचिङ कोर्स हुन लागेको जानकारी गराएको हो ।

डल्लु आवास क्षेत्रमा रहेको एनओसी अर्थक्वेक मेमोरियल कभर्डहलमा हुने कोचिङ कोर्समानअन्तर्गत लेभल टु मा १४ र लेभल वानमा २० जना प्रशिक्षकको सहभागिता रहने सङ्घले जनाएको छ ।

कोर्समा सहभागीलाई चेक रिपब्लिकी मार्केटा, बङ्गलादेशकी निखिल चान्द्रधार र भुटानका दोर्जीले कोचिङ प्रशिक्षण दिने सङ्घले जानकारी दिएको छ । कोर्स सञ्चालनका लागि नेपाल ओलम्पिक किमिटि (एनओसी) ले सङ्घलाई आठ हजार अमेरिकी डलर उपलब्ध गराएको सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।