• १० कात्तिक २०८१, शनिबार

नेक्सस रुपन्देही र भारतको लाइफ केयर विजयी

blog

मङ्गलबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, कात्तिक ६ गते । रुपन्देहीको भैरहवामा जारी बिपी कोइराला स्मृति कपटी–२० क्रिकेट प्रतियोगितामा मङ्गलबार नेक्सस रुपन्देही–११ र भारतको लाइफ केयर क्रिकेट क्लब विजयी भएका छन् ।

पहिलो खेलमा नेक्सस रुपन्देहीले बङ्गलादेशको साइक क्रिकेटर्सलाई तथा लाइफ केयरले श्रीलङ्काको श्रीलङ्का स्टेट सर्भिसेज क्रिकेट एसोसिएसनलाई हरायो । 

पहिलो खेलमा नेक्सस रुपन्देहीले बङ्गलादेशको साइक क्रिकेटर्सलाई सात विकेटले पराजित गरेको हो । साइक क्रिकेटर्सले दिएको एक सय २१ रनको लक्ष्य नेक्सस रुपन्देहीले १७.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । 

यस्तै अर्को खेलमा भारतको लाइफ केयर क्रिकेट क्लबले श्रीलङ्का स्टेट सर्भिसेज क्रिकेट एसोसिएसनलाई एक सय १४ रनको विशाल अन्तरले हरायो । 

लाइफ केयर क्रिकेट क्लबले दिएको दुई सय ३७ रनको विशाल लक्ष्य पछ्याएको श्रीलङ्का टोलीले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २२ रन मात्र बनाउन सकेको थियो ।