• ३ कात्तिक २०८१, शनिबार

थप्रेक दौडमा पोखराका मगर पहिलो

blog

दौड विजेता गीरु मगर । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, कात्तिक ३ गते । थप्रेक दसैँ मेलामा गरिएको थप्रेक दौड प्रतियोगितामा पोखराका गीरु मगर पहिलो हुनु भएको छ ।

प्रतियोगितामा थप्रेकका अनमोल गुरुङ दोस्रो र आरोह गुरुङ तेस्रो हुनुभयो । प्रतियोगितामा विजेता मगरले निर्धारित दुरी ३४ मिनेट ११ सेकेन्ड, अनमोलले ३७ मिनेट १८ सेकेन्ड र आरोहले ३८ मिनेट ३८ सेकेन्डमा पूरा गर्नुभयो । 

आठ किलोमिटर दौडका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपियाँ प्रदान गरिएको आयोजक तमु हरियाली क्लबका सचिव डायमन्ड गुरुङले जानकारी दिनुभयो ।

मेलामा वडा स्तरीय पुरुष भलिबल,  डोरी तान्ने, छेलो फाल्ने लगायत प्रतियोगिता आयोजना गरिएको छ ।