• ६ कात्तिक २०८१, मङ्गलबार

फुटबल टोलीको प्रशिक्षणमा ३६ खेलाडी

blog

स्ट्राइकर : जिलेस्पीजङ्ग कार्की, अन्जन विष्ट, सुमित श्रेष्ठ, सञ्जीव विष्ट, समीर तामाङ र नीराजन धामी ।

काठमाडौँ, कात्तिक ५ गते । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले बन्द प्रशिक्षणका लागि ३६ खेलाडी बोलाउनुभएको छ ।

नोभेम्बरमा ताजकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार नै न्यौपानेलाई अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । फुटबल टोलीको प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेससँगको सम्झौता सकिएपछि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली मुख्य प्रशिक्षकविहीन थियो ।

नेपाल नोभेम्बर फिफा विन्डोमा मैत्रीपूर्ण फुटबल खेल्न ताजकिस्तान जान लागेको हो । यस्तै एन्फाले चेतन घिमिरेलाई सहायक र नवीन महर्जनलाई गोलरक्षक प्रशिक्षकमा नियुक्त गरेको छ । 

प्रशिक्षणमा बोलाइएको खेलाडी 

गोलरक्षक : किरणकुमार चेम्मोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, जियारथ शेख र कृशल मोक्तान

रक्षक : अनन्त तामाङ, छिरिङ लामा, सेमन्त थापा, रोहित चन्द, विमल पाण्डे, निर्मल घिसिङ, सनिश श्रेष्ठ, विवेक चौधरी, रणदीप पौडेल, एन्जेल महर्जन, सविन घिमिरे र अभिषेक वाइबा

मिडफिल्डर : लकेन लिम्बु, रोहन कार्की, मणि लामा, उत्सव राई, भरत खवास, कुशल देउवा, अरिक विष्ट, आशिष् राई, अभिनाश स्याङ्तान, मनिष डाँगी, आयुष घलान  र उज्ज्वल राई