• ५ कात्तिक २०८१, सोमबार

बङ्गलादेशको साइक क्रिकेटर्स र नेक्सस रुपन्देही–११ विजयी

blog

काठमाडौँ, कात्तिक ५ गते । रुपन्देहीको भैरहवामा जारी बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगितामा सोमबार बङ्गलादेशको साइक क्रिकेटर्स र नेक्सस रुपन्देही–११ विजयी भएको छ । 

पहिलो खेलमा साइक क्रिकेटर्सले श्रीलङ्काको स्टेट सर्भिसेजलाई आठ विकेटले हरायो । साइक क्रिकेटर्सको यो दोस्रो जित हो । जितका लागि एक सय १३ रनको लक्ष्य पछ्याएको साइक क्रिकेटर्सले १३ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्का स्टेट सर्भिसेजले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २२ रन बनाएको थियो । 

अर्को खेलमा नेक्सस रुपन्देही–११ले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई सात विकेटले हरायो । नेक्सस रुपन्देहीको पनि यो दोस्रो जित हो । 

जावेद गोहरले दिएको ८१ रनको लक्ष्य नेक्सस रुपन्देहीले ११ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीले १८.१ ओभरमा सबै विकेटको क्षतिमा ८० रन बनाएको थियो ।