• १४ असोज २०८१, सोमबार

एनपिएल टोली सुदूरपश्चिमको लोगो सार्वजनिक

blog

काठमाडौँ, असोज १४ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिमले टोलीको नाम र लोगो सार्वजनिक गरेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आगामी मङ्सिर १६ देखि पुस ६ गतेसम्म आयोजना हुने लिगका लागि सुदूरपश्चिमले सोमबार आफ्नो नाम सुदूरपश्चिम रोयल्स लोगोमा बाघ अङ्कित चित्र सार्वजनिक गरेको हो ।

सुदूरपश्चिमको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । आयोजक क्यानले यसअघि नै सहभागी आठ टोलीको मार्की खेलाडी सार्वजनिक गरेको थियो । 

सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोट्स म्यानेजमेन्ट प्रालिसँग छ । एनपिएलमा सुदूरपश्चिमसहित काठमाडौँ, चितवन, पोखरा, लुम्बिनी, विराटनगर, जनकपुर र कर्णालीले प्रतिस्पर्धा गर्नेछन् ।