काठमाडौँ, असोज १६ गते । श्रीलङ्काको कोलम्बोमा असोज २० देखि २६ गतेसम्म सञ्चालन हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु–२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ ।
खेलाडीलाई बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द्रलगायतले बिदाइ गर्नुभयो । नेपाली टोली भदौ ८ गतेदेखि बन्द प्रशिक्षणमा रहेको छ ।
नेपाली यु–२० भलिबल टोली
पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी र दीपेश कुँवर ।