लीलाधर वली
घोराही, पुस ६ गते । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्याली दाङको घोराही आइपुगेको छ ।
बाँकेको बाँगेश्वरी मन्दिरबाट सुरु भएको र्याली बर्दिया र आइतबार दिउँसो दाङको तुलसीपुर हुँदै घोराही आइपुगेको हो । उत्सव र्यालीलाई घोराहीमा दाङ क्रिकेट सङ्घका अध्यक्ष तथा नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य प्रदीप मजगैँया, लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव कैलाश रोकालगायतले स्वागत गर्दै घोराहीमा समेत ट्रफी र्याली गरिएको थियो ।
घोराही बजारको परिक्रममा गर्दै लुम्बिनी लायन्सको ट्रफी उत्सव घोराही उपमहानगरपालिका–१७, गुलरियास्थीत क्रिकेट मैदानमा पुगेर समापन गरिएको छ ।
ट्रफी उत्सव र्यालीमा दाङ क्रिकेट सङ्घका अध्यक्ष तथा नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य प्रदीप मजयैयाको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमको प्रमुख आतिथ्यता एवं लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव कैलाश रोकामगरको विशिष्ट आतिथ्यतामा भएको थियो ।
ट्रफी उत्सव र्याली लुम्बिनी प्रदेशका खेलप्रेमीसँग खुसीयाली साटासाट गर्नेसँँगै उत्साह थप्ने काम गरेको दाङ क्रिकेट सङ्घका अध्यक्ष प्रदीप मजगैयाँ बताउनु हुन्छ ।
दाङ आइपुगेको ट्रफी उत्सव र्याली रोल्पा, रुकुम पूर्व, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी हुँदै पुसको १६ गते रुपन्देहीको भैरहवास्थित मायादेवी मन्दिरमा पुगेर विजेता ट्रफी उत्सव यात्रा समापन हुने भएको छ ।