• १५ असोज २०८१, मङ्गलबार

कोशी प्रदेशस्तरीय फुटसल हुँदै

blog

हरि काेइराला

उर्लाबारी, असोज १५ गते । नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा सङ्घ नेपाल सुन्दरहरैँचा नगर समिति मोरङको आयोजनामा विराटचोकमा कोशी प्रदेशस्तरीय युथ फुटसल टुर्नामेन्ट हुने भएको छ । असोज १७ देखि १९ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट २० टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको हो।

सुन्दरहरैँचामा पहिलो पटक हुन लागेको प्रदेशस्तरीय प्रतियोगितामा विजेतालाई नगद एक लाख १ हजार तथा उपविजेतालाई नगद ५१ हजार नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा इलाम, धनकुटा, दमक झापा, सुनसरीको धरान र इटहरी, मोरङका उर्लाबारी, केराबारी, लेटाङ, विराटनगर, पथरी, बेलबारी, सुन्दरहरैँचा र रतुवामाईलगायतका टिमको सहभागिता रहनेछ । 

प्रतियोगिताले खेलाडीहरूमा एकताको विकास गर्ने अपेक्षा गरिएको संंयोजक तथा राष्ट्रिय युुवा सङ्घ जिल्ला इन्चार्ज मनोज राईले बताउनुभयो । फुटसल प्रतियोगिताले नगरको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने नेकपा एमाले मोरङका प्रवक्ता सन्तोष राईले बताउनुभयो । 

प्रतियोगिताको उद्घाटन सांसद सुहाङ नेम्वाङ तथा समापन समारोहमा सङ्गठनका अध्यक्ष क्षितिन थेबेले गर्ने कार्यक्रम छ । प्रतियोगिता सुन्दरहरैँचा–१० को प्लानेट फुटसलमा हुनेछ ।