• १४ असोज २०८१, सोमबार

अन्तर्राष्ट्रिय फुटबलबाट ग्रिजम्यानको सन्न्यास

blog

एन्टोइन ग्रिजम्यान । फाइल तस्बिर : बीबीसी

काठमाडौँ, असोज १४ गते । फ्रान्सका चर्चित फुटबलर एन्टोइन ग्रिजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्नुभएको छ । 

स्ट्राइकर ग्रिजम्यानले सोमबार आफ्नो १० वर्षे अन्तर्राष्ट्रिय फुटबल खेल जीवनलाई विश्राम दिने निर्णय गर्नुभएको हो । फ्रान्स राष्ट्रिय टोलीका महत्त्वपूर्ण खेलाडी उहाँ स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आउनुभएको छ ।

३३ वर्षीय ग्रिजम्यानले फ्रान्सका लागि एक सय ३७ खेल खेल्दै ४४ गोल गर्नुभएको छ । उहाँले सन् २०१४ मा नेदरल्यान्ड्सविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा खेल्नुभएको थियो ।

फ्रान्सले सन् २०१ को विश्वकप जित्दा र सन् २० को विश्वकपमा उपविजेता बन्दा उहाँ टोलीको महत्त्वपूर्ण खेलाडी हुनुहुन्थ्यो । एजेन्सी