• १५ असोज २०८१, मङ्गलबार

नेपाल र क्यानडाको टी–२० आज

blog

फाइल तस्बिर ।

काठमाडौँ, असोज १५ गते । त्रिकोणात्मक टी–२० सिरिजमा आज (मङ्गलबार) राति नेपालले घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । 

क्यानडाको किङ्ग सिटी मैदानमा राति ९:४५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने अभियानमा छ । नेपाल यस सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ ।

नेपालले सिरिजको दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो । नेपाललाई आज क्यानडासँग पहिलो खेलमा हारेको बदलासमेत लिने अवसर छ । क्यानडा पनि दोस्रो जितको लक्ष्यमा छ ।

क्यानडा आफ्नो दोस्रो खेलमा ओमानसँग आठ विकेटले पराजित भएको थियो । आइसिसी विश्वकप लिग–२ सिरिजका लागि क्यानडा गएको नेपालले सिरिज सकिएसँगै टी–२० सिरिज खेलेको हो । 

यसअघि क्यानडा र ओमान सम्मिलित आइसिसी लिग–२ मा तीन खेल गुमाएको नेपालले ओमानसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि एक अङ्क पाएको थियो । 

लिग–२ सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको थियो । नेपाल तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।