• १८ असोज २०८१, शुक्रबार

४१ करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र

blog

‘मिनी’ रङ्गशाला । तस्बिर : रासस

चौतारा (सिन्धुपाल्चोक), असोज १८ गते । जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ । निर्माण कम्पनीले ढिलासुस्तीले रु. ४१ करोड ६२ लाखको परियोजना अलपत्र परको हो । 

तीन वर्षमा काम सम्पन्न गर्नेगरी गिरी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो । विभिन्न बहानामा रङ्गशालाको काम रोकिएको छ । 

यसैबिच, उक्त कम्पनीले अर्को निर्माण कम्पनीसँगको साझेदारीमा रङ्गशालाको ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दङ्गालले पनि कछुवा गतिमा काम भइरहेको बताउनुभयो । 

जिल्ला फुटबल सङ्घका अध्यक्ष अमृतमान श्रेष्ठले रङ्गशाला नहुँदा छ वर्षसम्म जिल्लामा खेलकुदका गतिविधि ठप्प भएका तथा मैदानमा निर्माण सामग्री थुपारिएको कारण त्यो उपयोगविहीन भएको दुःखेसो गर्नुभयो ।