विश्वकपमा अस्ट्रेलिया र वेस्ट इन्डिजको लगातार दोस्रो जित
शनिबार राति भएको खेलमा अस्ट्रेलियाले इङ्ल्याण्डमाथि ३६ रनको जित निकालेको हो भने आइतबार बिहानको खेलमा वेस्ट इन्डिजले युगान्डामाथि १३४ रनको जित निकालेको हो।
नेपाल पुलिस र हेल्प नेपाललाई भलिबल उपाधि
नेपाल पुलिस क्लब तथा टिपटप हेल्प नेपालले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी सम्मिलित एभरेस्टलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो । सुरुवाती दुई सेट जितेको पुलिसले त्यसपछिको दुई सेट गुमाए पनि पाँचौँ सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।
लिङ्तेपलाई जिल्ला लिग ‘ए’ डिभिजनको उपाधि
ताप्लेजुङमा सञ्चालन गरिएको जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत ‘ए’ डिभिजनतर्फको उपाधि प्रगतिशील युवा क्लब मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपले जितेको छ।
विश्वकपमा रोचक भिडन्त : शनिबार साँझ दक्षिण अफ्रिका र नेदरल्यान्ड्सको प्रतिस्पर्धा
आईसीसी टी–२० विश्वकपमा शनिबार राति नेपालकै समूह ‘डी’मा रहेका दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेल्दैछन्। यो खेल शनिबार साँझ ८ः१५ बजे अमेरिकाको न्यूयोर्कमा हुनेछ।
भोक्राहामा प्रथम महिला खो–खो प्रतियोगिता
सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम महिला खो–खो प्रतियोगिताको तयारी पूरा भएको छ । भोक्राहा नरसिंह गाउँपालिका चिरौलीको सहयोग तथा प्रदेश स्तरीय खो–खो खेलकुद उपभोक्ता समितिको आयोजना र जिल्ला खो–खो सङ्घ सुनसरीको सहकार्यमा उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खो–खो प्रतियोगिता आयोजनाको तयारी भएको हो ।
खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती
युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबिच बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ ।
क्यान्सरपीडित खेलाडीलाई आर्थिक सहयोग
नेपाल महिला फुटबल सङ्घको पहलमा क्यान्सरपीडित पूर्वफुटबल खेलाडी गङ्गा गुरुङलाई स्वास्थ्य उपचारका लागि आज आर्थिक सहयोग प्रदान गरिएको छ ।
बास्केटबल टोली चीन जाने
छैटौँ एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज चीनको झौसन प्रस्थान गर्ने भएको छ ।
नेपाल युएईसँग पराजित
फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स [युएई]ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न खेलमा युएईले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
टी–२० विश्वकप : पाकिस्तान सुपर ओभरमा अमेरिकासँग पराजित
उपाधि दावेदार टेस्ट टोली पाकिस्तान टी–२० विश्वकपमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ ।
टी–२० विश्वकप क्रिकेट : अस्ट्रेलियाद्वारा ओमान पराजित
आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा अस्ट्रेलियाले पहिलो खेलमा ओमानलाई पराजित गरेको छ ।
विश्वकप क्रिकेटः भारतले आयरल्याण्डलाई हरायो
भारतले आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा आयरल्यान्डलाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको हो ।
भलिबलको उपाधि आयोजक बयरघारीलाई
भीरकोट नगरपालिका-१ बयरघारी खेलमैदानमा सञ्चालित तेस्रो खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक बयरघारी पिस यूथ क्लबले जितेको छ।
डालासमा नेपाली क्रिकेट समर्थकको उत्साह (फोटो फिचर)
डालासको ग्रान्ड पिएरे क्रिकेट स्टेडियममा नेपालले प्रतिस्पर्धा गर्दा नेपाली टोलीको जर्सी र राष्ट्रिय झण्डा बोकेर नेपालको पक्षमा हुटिङ गर्नेको संख्या हजारौँ थियो ।
ब्याटिङमा सुधार गर्न आवश्यक : सोमपाल
नेपाली टोलीका अनुभवी बलर सोमपाल कामीले सोचेको भन्दा कम स्कोर बनाउँदा हार खेपेको बताउनुभएको छ ।
टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित
सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ बलमा चार विकेटको क्षतिमा १०९ रन बनाउँदै पूरा गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाउँदै १९.२ ओभरमा १०६ रन बनाएको थियो ।
नेपालले नेदरल्यान्ड्सलाई दियो १०७ रनको लक्ष्य
आईसिसी टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाउँदै १९.२ ओभरमा १०६ रन बनाएको हो।
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ ।
१० वर्षपछि विश्वकप मैदानमा नेपाल : पहिलो खेलमा आज नेदरल्यान्ड्ससँग भिड्दै
आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपाल मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै छ।
फाप्ला रङ्गशाला निर्माणको लागि डिपीआर बन्दै
दशक अगाडि मैदान पहिचान भएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गर्न लागिएको छ।
अन्नपूर्ण म्याराथनको उपाधि श्रेष्ठ र राईलाई
चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका होमलाल श्रेष्ठले जित्नुभएको छ । गत वर्षका उपविजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दुरी ४ घण्टा १६ मिनेट २४ सेकेन्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । यद्यपि उहाँले उक्त दुरी ४ घण्टा १२ मिनेट ५१ सेकेन्डमा पार गरेका गर्नुभएको थियो ।
दबाब सहन सक्ने टिमले जित्छ : कप्तान रोहित
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड र नेपालबिचको खेलमा दबाब सहनसक्ने टोलीले नै गेम जित्ने बताउनुभएको छ ।
विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौँ महानगरपालिकाले ‘टी ट्वान्टी विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने भएको छ । टुँडिखेल, तीनकुने र हाँडी गाउँमा ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि महानगरपालिकाले यस्तो व्यवस्था गर्ने भएको जनाएको छ ।
टी-२० विश्वकप : नेपाल १० वर्षपछि सपना पूरा गर्ने बाटोमा
भौतिक संरचना निर्माणको हिसावले नेपाली क्रिकेट त्यति माथि जान सकेको छैन । तर, क्रिकेट खेलाडीको निरन्तर लगावले नेपाललाई १० वर्षपछि पुन: विश्वकपको मैदानमा उतार्न सफल भएको छ ।