म्याग्दीको बेनीमा गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल सुरु
हिमाली जिल्ला म्याग्दीको बेनीमा तेस्रो गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल प्रतियोगिता–२०८१ शुक्रबारदेखि सुरु भएको छ ।
बाँकेमा जिल्ला व्यापी नकआउट फुटबल हुँदै
बाँकेमा जिल्लाव्यापी नकआउट फुटबल हुने भएको छ । बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
टी–२० विश्वकप : नेपाल र अमेरिकाबिचको ‘वार्मअप’ खेल वर्षाका कारण रद्द
आइसिसी टी–२० विश्वकप अन्तर्गत नेपालको दोस्रो तथा अन्तिम ‘वार्मअप’ खेल भारी वर्षाका कारण रद्द भएको छ ।
अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई दिएन भिसा
क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले विश्वकप खेल्न अमेरिका जानका लागि यात्रा अनुमति (भिसा) दिन अस्वीकार गरेको छ।
खेलकुद मन्त्रीद्वारा त्रिवि क्रिकेट मैदान निरीक्षण
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्नुभएका छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले त्रिवि मैदानको अहिलेको अवस्था र तत्काल स्तरोन्नति गर्नुपर्ने विषयमा विस्तृत रूपमा जानकारी गराउनुभयो ।
खेलकुद क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री सोडारी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा खेलकुद क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गर्ने बताउनुभएको छ ।
नेपाल र अमेरिका भिड्दै
आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता तयारीको आफ्नो अन्तिम अभ्यास खेल नेपालले आज राति अमेरिकासँग खेल्दैछ ।
काठमाडौँसँग ललितपुर पराजित
एनसिसी एस महिला तथा पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत महिलातर्फको खेलमा काठमाडौँ ललितपुरलाई पराजित गर्दै विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँ ललितपुरलाई ३१ रनले पराजित गर्दै विजयी भएको हो ।
प्रदेश स्तरीय महिला कबडीको प्रतियोगिताको उपाधि कास्कीलाई
गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजना तथा जिल्ला खेलकुद विकास समिति गोरखा र जिल्ला कबडी सङ्घको समन्वयमा गणतन्त्र दिवसको अवसर पारेर पर्यटकीय गन्तव्यको रूपमा प्रख्यात पालुङटारको लिगलिग कोटमा भएको कबडी खेलमा कास्कीले उपाधि हात पारेको छ । आज भएको खेलमा कास्कीले बागलुङलाई हराउँदै कास्की विजेता बनेको हो ।
एभरेस्ट म्याराथनको उपाधि कुलुङ र शेर्पालाई
सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ-हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन् ।
दक्षिण कोरियामा प्रशिक्षण कार्यक्रम हुने
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत् अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्रीले नेपालमा भएको समसामयिक राजनीतिक घटनाक्रम, प्रवासमा नेपाली दाजुभाइ दिदीबहिनीको अवस्था लगायतका विविध विषयमा छलफल हुने बताउनुभयो ।
खेलकुद मन्त्रालयलाई रु. तीन अर्ब ५० करोड विनियोजन
सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि रु. तीन अर्ब ५० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उहाँले उक्त रकम विनियोजन गरेको बताउनुभएको हो ।
गणतन्त्र दिवसको अवसरमा विभिन्न विधाका आठ खेलाडी सम्मानित
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गणतन्त्र दिवसका अवसरमा विभिन्न चार खेलका आठ खेलाडीलाई आज नगदसहित पुरस्कृत गरेको छ ।
स्वर्णिम फुटसल प्रतियोगिताको उपाधि यति एफसिलाई
स्वर्णिम क्लबको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित दुई दिने स्वर्णिम वि क्याटोगरि सेभेन ए साइड इन्डोर फुटसल प्रतियोगिताको उपाधि यति फुटबल क्लबले चुमेको छ ।
बजेट नहुँदा गिरिजाप्रसाद क्रिकेट रङ्गशाला अलपत्र
विराटनगर महानगरपालिका–१९ को वैजनाथपुरमा निर्माण प्रस्ताव गरिएको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको डिपिआर अझै बन्न सकेको छैन । गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला कोशी प्रदेशको सरकारी स्तरको एक मात्र क्रिकेट मैदान हो । २०५४ सालमा बहुउद्देश्यीय रङ्गशाला बनाउने योजनासाथ तत्कालीन सरकारले २०५५ सालमा यो जग्गा अधिग्रहण गरेको थियो । त्यसपछि सातौँ राष्ट्रिय खेलकुद आयोजनाका क्रममा त्यहाँ क्रिकेट खेल आयोजना गर्न पिच तयार गरिएको थियो । त्यसयता कुनै ठोस काम भएको छैन ।
टी–२० विश्वकप : नेपाल ‘वार्मअप’ खेलमा क्यानडासँग ६३ रनले पराजित
आइसिसी टी–२० विश्वकप अन्तर्गत पहिलो ‘वार्मअप’ खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ ।
मेयर कप ब्याडमिन्टनमा पविन र निश्चल च्याम्पियन
भोजपुर सदरमुकाम स्थित कभर्डहलमा सञ्चालित सातौँ संस्करणको मेयर खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि नेपाली सेनाका पविन लिङ्गथेप र भोजपुरका निश्चल खत्रीको जोडीले जित्नुभएको छ ।
नेपाल विश्वकपको ‘वार्मअप’ खेलमा क्यानडाको सामना गर्दै
अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार (आज) राति पहिलो ‘वार्मअप’ खेलमा क्यानडाको सामना गर्दैछ ।
कोलकाता आइपिएल च्याम्पियन
कोलकाता नाइट राइडर्स आइतबार सनराइजर्स हैदरावादलाई एकपक्षीय फाइनलमा आठ विकेटले हराएर इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ । कोलकाताले तेस्रो पटक आइपिएलको उपाधि जितेको हो । कोलकाता सन् २०१२ र २०१४ मा पनि च्याम्पियन बनेको थियो । सन् २०१६ को च्याम्पियन सनराइजर्स हैदरावादले भने दोस्रो उपाधि जित्न सकेन ।
म्याराथन उपविजेता गुरुङलाई सम्मान
महिला हाफ म्याराथन प्रतियोगितामा द्वितीय हुन सफल फुङ्लिङ नगरपालिका –६ का कुमारी गुरुङलाई वडा कार्यालयले सम्मान गरेको छ ।
गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको निर्माण सुस्त
विराटनगर महानगरपालिकाको वडा नं १९ को बैजनाथपुरमा निर्माण हुने भनिएको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको डिपीआर अझै बनिसकेको छैन ।
ओलम्पिकमा छनोट श्यान्टु एक लाख रुपियाँबाट पुरस्कृत
पेरिस ओलम्पिक– २०२४ का लागि छनोट हुनुभएका टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठलाई एक लाख रुपियाँसहित पुरस्कृत हुनुभएको छ ।
युनाइटेडले चुम्यो एफए कप उपाधि
युनाइटेडले सिटीसँग अघिल्लो वर्षको हारको बदला समेत लिएको छ । गत वर्ष युनाइटेडलाई २-१ गोलले नै हराउँदै सिटीले यस उपाधि उचालेको थियो ।
पीएसजीलाई फ्रेन्च कप उपाधि
फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । डेकाथलन एरिनामा शनिबार राति भएको खेलमा पीएसजीले लियोनलाई २–१ गोलले हरायो ।