• २९ भदौ २०८१, शनिबार

विवेकद्वारा हङ्गेरीका बेन्स पराजित

blog

नेपालका विवेक थिङ् ।

काठमाडौँ, भदौ २९ गते । हङ्गेरीमा बुढापेष्टमा जारी ओलम्पिक रिङ्स एक्स्पो क्लासिक खुला बुद्धिचाल प्रतियोगितामा नेपालका विवेक थिङ्लेले दोस्रो चरणको खेलमा जित निकाल्नु भएको छ ।

शनिबार भएको खेलमा विवेकले घरेलु खेलाडी बाकी बेन्सलाई हराउनुभयो । ४५औँ ओलम्पियाडमा विवेकले पहिलो चरणको खेलमा जर्मनीका खेलाडीलाई हराउनुभएको थियो ।

क्याण्डिडेड मास्टर विवेकले तेस्रो चरणको खेलमा हङ्गेरीकाअन्तर्राष्ट्रिय मास्टर मेसजारोस आन्द्राससँग प्रतिस्पर्धा गर्नुहुनेछ । नवौँ चरणसम्म चल्ने यस प्रतियोगिताको विजेताले तीन सय ७५ युरो, उपविजेताले तीन सय युरो र तेस्रो हुनेले दुई सय ५० युरो पुरस्कार पाउनेछन् ।

अष्ट्रेलियामा बस्दै आउनुभएको विवेक ओलम्पियाडमा भाग लिन उतैबाट हङ्गेरी पुग्नुभएको हो । हङ्गेरीले भिसा नदिएका कारण नेपालका अन्य खेलाडीले भाग लिन पाएनन् ।