• १० मंसिर २०८१, सोमबार

हक्की सङ्घको साधारण सभा सम्पन्न

blog

उद्घाटन सत्रमा सहभागि अतिथिहरु । तस्बिर सौजन्य : हक्की सङ्घ

काठमाडौँ, भदौ ३० गते । नेपाल हक्की सङ्घको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौँमा शनिबार अबेर सम्पन्न भएको सङ्घको गतिविधि, कोषाध्यक्ष रामेश्वरप्रसाद घिमिरेको आर्थिक प्रतिवेदन तथा महासचिव सुवर्ण श्रेष्ठको कार्य योजनासहितको प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

साधारण सभामा केन्द्रीय कार्यसमिति, पाँच प्रदेश र ३६ जिल्लाका ६७ प्रतिनिधिको उपस्थिति रहेको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि साधारण सभाको पूर्व युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गर्नुभएको थियो ।