• २९ भदौ २०८१, शनिबार

बुल्गेरियाकी एन्ड्रिया काठमाडौँ स्पाइकर्समा

blog

एन्ड्रिया त्सभेतानोभा ।

काठमाडौँ, भदौ २९ गते । एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) का लागि काठमाडौँ स्पाइकर्सले विदेशी खेलाडीका रूपमा अन्तर्राष्ट्रिय सेटर एन्ड्रिया त्सभेतानोभालाई अनुबन्ध गरेको छ । 

बुल्गेरियाकी अनुभवी एन्ड्रियालाई काठमाडौँले टोलीको मुख्य खेलाडीको रूपमा अनुबन्ध गरेको हो । बुल्गेरिको शीर्ष लिगमा खेल्दै आउनुभएकी एन्ड्रियाले क्लब विश्व च्याम्पियनसिपमा समेत उत्कृष्ट प्रदर्शन गर्नुभएको छ ।

विश्व च्याम्पियनसिपमा पदक र कन्टिनेन्टल टाइटलसँगै सर्भिस, डिफेन्स, लिडरशिप र खेलभावनाका लागि विभिन्न पुरस्कार पाउनुभएकी २४ वर्षीया एन्ड्रियाले डाइनामिक र महत्त्वाकाङ्क्षी टिमको हिस्सा बन्न पाउँदा सम्मानित अनुभव गरेको बताउनुभयो ।

१७८ सेन्टिमिटर उचाइकी एन्ड्रियालाई अनुबन्ध गरेपछि काठमाडौँ स्पाइकर्सले आफूलाई थप बलियो भएको महसुस गरेको जनाएको छ । पहिलो संस्करणको फ्रेन्चाइज भलिबल लिगमा काठमाडौँ, ललितपुर, चितवन, गण्डकी, मधेश र कर्णालीले प्रतिस्पर्धा गर्नेछन् ।