• ११ असोज २०८१, शुक्रबार

एन्फा महिला लिग : सुदूरपश्चिममाथि वालिङको फराकिलो जित

blog

वालिङ टोली । फाइल तस्बिर

काठमाडौँ, भदौ ३१ गते । वालिङ नगरपालिकाले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा वालिङले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हरायो । वालिङको जितमा भिओला नामुडुले ह्याट्रिक गर्नुभयो । ज्याकलिन नसाली र सुस्मा तामाङले एक एक गोल थप्नुभयो । सुदूरपश्चिमका लागि रितिका कार्कीले सान्त्वना गोल फर्काउनुभयो ।

जारी लिगमा कमजोर प्रदर्शनबाट गुज्रिएको सुदूरपश्चिमको यो पाँचौँ हार हो । जितसँगै पाँच खेलबाट नौ अङ्क बनाएको वालिङ पाँचै स्थानमा छ । सुदूरपश्चिम अझै अङ्कविहीन छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ । 

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।