• २ असोज २०८१, बुधबार

एसिया रग्बी सेभेन्सको तयारी

blog

एसिया रग्बी सेभेन्स ट्रफ्री बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, असोज २ गते । नेपाल रग्बी सङ्घको आयोजनामा असोज १८ र १९ गते  दशरथ रङ्गशालामा महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफ्री हुने भएको छ । 

प्रतियोगिताको लागि सङ्घले व्यवस्थापकीय आवश्यक तयारी गरिरहेको जनाएको छ । प्रतियोगितामा ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागी जनाउनेछन् । 

महिला र पुरु दुवैतर्फका विजेता र उपविजेताले ट्रफी तथा मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि नेपाली टोलीले चार महिनादेखि तयारी गरिरहेको सङ्घले जनाएको छ । 

नेपाली टोलीका १६ पुरुष र १६ जना महिलाले अहिले पोखरामा अन्तिम तयारी गरिरहेका छन् । प्रतियोगिताको सम्पन्न गर्न करिब दुई करोड २० लाख रुपियाँ खर्च हुने सङ्घले जानकारी दिएको छ ।