• १ असोज २०८१, मङ्गलबार

काभा महिला भलिबल : पुलिसको तेस्रो जित

blog

काठमाडौँ, असोज १ गते । नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ । 

माल्दिभ्सको मालेमा मङ्गलबार भएको खेलमा पुलिसले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २५–१५, २५–१२, २५–१४ को जित निकालेको हो । तेस्रो जितसँगै नौ अङ्क बनाएको पुलिसले फाइनल पुग्ने सम्भावना बढाएको छ ।

यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब र श्रीलङ्काको एयर फोर्सलाई समान ३–० को सोझो सेटमा हराएको थियो । पुलिसले अब लिग चरणको अन्तिम खेल बिहीबार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।