• ११ असोज २०८१, शुक्रबार

मिनि म्याराथनमा कार्की पहिलो

blog

उपाधिसहित शिव कार्की तस्बिर : गोरखापत्र

लीलाराज खड्का

बिर्तामोड, असोज ३ गते । संविधान दिवशको अवशर पारेर लायन्स क्लव अफ कनकाई दुर्गापुरले बिहीवार मिनि म्याराथनको आयोजना गरिएको छ ।  

म्याराथनमा बिर्तामोडका १५ बर्षिय धावक शिव कार्की पहिलो हुनुभएको छ । सात किलोमिटर दुरी कार्कीले १९ मिनेटमा पूरा गर्दै पहिलो स्थान हासिल गर्नुभयो । कार्कीले ५१ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

यस्तै सुखदेव टुडु दोस्रो, सुरज थापाले तेस्रो र सुवास दनुवार शान्तना हुँदै क्रमश: ४१००, ३१०० र २१०० रुपियाँ पुरस्कार पाउनुभयो । 

महिलातर्फ सर्मिला दर्नालले सहभागि महिला मध्ये पहिलो  हुँदै सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । म्याराथुन दौडमा जम्मा ५२ जनाले सहभागिता जनाएको लायन्स क्लब अफ कनकाई  दुर्गापुरका भुवन खतिवडाले बताउँनुभयो । 

विजयी प्रतियोगिहरु तथा सहभागि समेतलाई कोशी प्रदेशसभाका सदस्य तथा पुर्व कृषि मन्त्री भक्तिप्रसाद सिटौलालगायतले पुरस्कार प्रदान गर्नुभयो ।