काठमाडौँ, भदौ २६ गते । एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)का लागि चितवन शक्तिले तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।
चितवनले आफ्नो तेस्रो खेलाडीको रूपमा भारतकी केपी अनुश्रीलाई टिममा अनुबन्ध गरेको हो । केपी अनुश्री भारतकी युवा स्टार खेलाडी हुनुहुन्छ । उहाँलाई यस प्रतियोगिताका लागि चितवनले आउटसाइड हिटरको रूपमा टिममा अनुबन्ध गरेको हो ।
यसअघि पनि एनभीएल क्लब च्याम्पियनसिप र एनभीएल लिगमा बुटवलको एभ्रेष्ट क्लबमा आबद्ध भई खेल्नुभएको थियो । उहाँले क्लब च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी र एनभिएल लिगमा उत्कृष्ट स्पाइकरको उपाधि जित्नुभएको थियो ।
यसअघि चितवन शक्तिले अजरबैजानकी आउटसाइड हिटर केन्सिया पावेल्निको र भारतकी मिडलब्लकर सुर्या एसलाई अनुबन्ध गरिसकेको छ । चितवनका लागि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रूपमा रहनुभएको छ ।