• १७ चैत २०८२, मङ्गलबार

सुनचाँदीको मूल्य आज पनि बढ्यो

blog

काठमाडौँ,  चैत १७ गते ।  स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा छ हजार ७००  र चाँदी १४५ ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८४५ कायम भएको छ । 

हिजो सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ७०० मा कारोबार भएको थियो । 

गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७२० कायम भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५६० र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस