• १६ भदौ २०८१, आइतबार

रियल भालाडोलिडको पोस्टमा बार्सिलोनाको सात गोल

blog

गोल गरेपछि बार्सिलोनाका खेलाडी तस्बिर : गेट्टी इमेज

काठमाडौँ, भदौ १६ गते । स्पेनिस पावर हाउस बार्सिलोनाले रियल भालाडोलिडको पोस्टमा गोल वर्षा गरेको छ । ला लिगा अन्तर्गत घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ७–० गोलले हरायो । 

एकपक्षीय खेलमा बार्सिलोनालाई जिताउन राफिन्हाले ह्याट्रिक पूरा गर्नुभयो । उहाँले २०औँ, ६४औँ र ७२औँ मिनेटमा गोल गर्नुभएको थियो । यस्तै रोबर्ट लेवान्डोस्कीले २४औँ, जुल्स कोन्डेलेले पहिलो हाफको इन्जुरी समय, ड्यानी ओल्मोले ८२औँ र फेरान टोरेसले ८५औँ मिनेटमा एक एक गोल थप्नुभयो ।

खेलभर बार्सिलोनाको दबाब झेलेको रियल भालाडोलिडको गोल फर्काउने प्रयास सफल बन्न सकेन । लगातार चौथो जितसँगै १२ अङ्क बनाएको बार्सिलोना शीर्षस्थानमा छ । समान खेलबाट चार अङ्क बटुलेको रियल भालाडोलिड १४औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको एस्ट्लेटिको म्याड्रिडको आठ अङ्क छ ।

शनिबार राति नै भएको खेलमा एट्लेटिकोले एथलेटिक्स क्लब बिल्बाओलाई १–० गोलले हराएको हो । अन्य खेलमा मालोर्काले लेग्नेसलाई १–० रस्पान्योलले रायो भालेकानोलाई २–१ गोलले हरायो । भ्यालेन्सिया र भिल्लारियलले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी