• १६ भदौ २०८१, आइतबार

पारसले गुजरातबाट लिजेन्ड्स लिग खेल्ने

blog

पारस खड्का । फाइल तस्बिर

काठमाडौँ, भदौ १३गते । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव एवं राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले गुजरात जायन्ट्सबाट लिजेन्ड्स लिग क्रिकेट खेल्ने हुनुभएको छ ।

गुजरातले पारसलाई बिहीबार अक्सनबाट टोलीका अनुबन्ध गरेको हो । गुजरातले पारस अनुबन्धका लागि १२ लाख पाँच हजार भारतीय रुपियाँ खर्च गरेको हो ।

पारसको टोली गुजरातमा क्रिस गेल, असगर अफगान, लिन्डल सिमोन्स जस्ता चर्चित खेलाडी अनुबन्ध हुनुभएको छ ।

तेस्रो संस्करणको लिजेन्ड्स लिग क्रिकेट सेप्टेम्बर २० तारिखबाट सुरु हुनेछ । लिगमा ६ टोलीको सहभागिता रहने छ ।