• १३ भदौ २०८१, बिहिबार

खेलकुद परिषद् ६१ वर्षमा प्रवेश

blog

काठमाडौँ, भदौ १३ गते । राष्ट्रिय खेलकुद परिषद्को ६१औँ वार्षिक उत्सव मनाइएको छ ।

परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बिहीबार सबै खेलकुद कर्मीहरूलाई शुभकामना दिँदै वार्षिक उत्सवको मूल समारोह केही दिनपछि हुने जानकारी दिनुभयो । उहाँले खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउनु पर्ने चुनौती रहेको पनि बताउनुभयो । 

पहिलो पटक खेलकुद ऐन जारी भएको दिन भदौ १३ गते परिषद्ले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । मूल समारोह कार्यक्रममा खेलाडी, प्रशिक्षक, कर्मचारी तथा खेल सङ्घ र सहयोगी संस्थाहरूलाई सम्मान गर्दै आएको छ ।

२०२१ भदौ १३ गते पहिलो खेलकुद ऐन जारी भएको थियो । २०१५ सालमा स्थापना भए पनि छुट्टै ऐन जारी भएको दिनलाई परिषद्ले स्थापना मान्दै आएको छ ।