• २ माघ २०८१, बुधबार

एनपिएलमा आठ टिम

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १५ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ फ्रेन्चाइ टिमलाई सहभागिता गराउने भएको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । क्यानको महìवकाङ्क्षी प्रतियोगिता एनपिएल मङ्सिर १५ देखि पुस ६ सम्म काठमाडौँमा हुने तय भइसकेको छ । क्यानले एनपिएलको लोगो पनि सार्वजनिक गरिसकेको छ ।

यसै गरी क्यानले सात वटै प्रदेश क्रिकेट सङ्घलाई दुई जना महिला र तीन जना पुरुष गरी हरेक प्रदेशका पाँच जना खेलाडीलाई एक वर्षसम्म मासिक १५ हजारका दरले पारिश्रमिक उपलब्ध गराउने भएको छ । क्यानले हालै वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सफल राष्ट्रिय व्रिmकेट टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई जनही तीन लाख रुपियाँ तथा  अन्य सपोर्ट स्टाफलाई जनही एक लाख ५० हजारका दरले प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरेको छ ।

क्यानले यु–१९ पुरुष राष्ट्रिय व्रिmकेट प्रतियोगिता सेप्टेम्बर÷अक्टोबरमा कोशी प्रदेशमा यु–१९ पुरुष राष्ट्रिय व्रिmकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको मिति भने तय गरिएको छैन । यसै गरी सङ्घको वार्षिक कार्यव्रmम अनुसार हुने इलाइट कप व्रिmकेट प्रतियोगिता अक्टोबर अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र वीरगन्जमा आयोजना गर्ने निर्णय गरिएको छ । 

महिला विश्वकप एसिया क्वालिफायरको तयारी पनि थालिने भएको छ । आइसिसी अन्डर–१९ महिला विश्वकप एसिया क्वालिफायरको तयारीस्वरूप सेप्टेम्बर १५ बाट दाङको लमहीमा प्रथम चरणको बन्द प्रशिक्षण सञ्चालन हुने भएको छ । म्याच फिक्सिङमा अदालतबाट सफाइ पाएका निलम्बित राष्ट्रिय क्रिकेट खेलाडी आदिल आलमको निलम्बन फुकुवाबारे आइसिसीको निर्देशन कुर्ने भएको छ । अनुशासन समितिबाट प्राप्त प्रतिवेदन एवं आवश्यक कागजात आइसिसी एन्टी करप्सन युनिटमा पेस गरेपछि आइसिसीबाट प्राप्त निर्देशन अनुसार क्यानले आलमबारे निर्णय गर्ने भएका हो । यसै गरी क्यानको वार्षिक साधारण सभा असोज ११ र १२ गते गण्डकी प्रदेशको पोखरामा आयोजना हुने जनाइएको छ ।