म्यानचेस्टर सिटी र आर्सनल विजयी
म्यानचेस्टर सिटी र आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले इप्सबिच टाउनलाई ४–१ गोलले हरायो । अर्को खेलमा आर्सनलले एस्टर्न भिल्लालाई उसैको मैदानमा २–० गोलले स्तब्ध बनायो ।
विद्यालयस्तरीय टेबलटेनिस गर्दै एनआरटी
काठमाडौँ खेल मण्डल (केकेएम) र न्युरोड टिम (एनआरटी) ले आफ्नो ९०औँ वार्षिक उत्सवको अवसरमा अन्तरविद्यालय स्तरीय टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।
ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट १३ लाख बढी आम्दानी
ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म रु १३ लाख ६३ हजार सात सय सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको खेलहरुमार्फत उक्त रकम सङ्कलन भएको हो ।
खेल दर्शकबाट तेह्र लाख सङ्कलन
ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा टिकट बिक्री गरेर हालसम्म साढे तेह्र लाख रुपियाँ बढी रकम सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनल सम्ममा टिकट बिक्रीबाट कुल १३ लाख ६३ हजार सात सय रुपियाँ सङ्कलन भएको हो ।
टेबलटेनिस सङ्घमा हमाल निर्विरोध
अखिल नेपाल टेबलटेनिस सङ्घको चुनावी साधारण सभाले बृजेन्द्रबहादुर हमालको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
नेपालका भिजनलाई स्वर्ण
नेपालका भिजन तामाङले १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटीसी) मा शनिबार स्वर्ण जित्नुभएको छ ।
ताप्लेजुङ गोल्डकप : झापालाई हराउँदै सिराहा फाइनलमा
बिर्तामोड युनाइटेड फुटबल क्लब झापालाई पराजित गर्दै सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
भलिबल खेलाडीलाई सङ्घको सम्मान
नेपाल भलिबल सङ्घले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
तेस्रो महिला फुटबल प्रतियोगिता सुरु
न्यु दोभान युवा क्लबको आयोजनामा आयोजित तेस्रो दोभान कप अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ ।
ताप्लेजुङ गोल्डकप : फाइनल यात्रामा मोरङ
आयोजक टोली सङ्घर्ष स्पोर्टिङ युवा क्लबलाई पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको सेमीफाइनलमा सङ्घर्ष स्पोर्टिङलाई २–१ को गोलअन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब फाइनल पुगेको हो।
अस्ट्रेलियाको फुटबल प्रतियोगितामा नेपाली टोली विजयी
अस्ट्रेलियाको तास्मानियास्थित होवार्ट सहरमा आयोजित बहुसंस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी भएको छ ।
ताप्लेजुङ गोल्डकप : बिर्तामोडसँग आर्मी स्तब्ध
दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड फुटबल क्लब झापासँग विभागीय टोली त्रिभुवन आर्मी क्लब स्तब्ध बनेको छ ।
साफ यु–२० फुटबल : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
टेबलटेनिस सङ्घको निर्वाचन शनिबार
लामो समयदेखि अवरुद्ध बन्दै आएको अखिल नेपाल टेबलटेनिस सङ्घको निर्वाचन शनिबार हुने भएको छ ।
खेलकुद मन्त्रीद्वारा ‘सेन्थेटिक ट्रयाक’ निरीक्षण
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको महिना दिन नपुग्दै फुटेको ‘सेन्थेटिक ट्रयाक’ को स्थलगत निरीक्षण गर्नुभएको छ ।
गोल्डकपलाई वडाअध्यक्षको अढाइ लाख सहयोग
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका –७ खेबाङका वडाध्यक्ष बुद्धिप्रसाद दाहालले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितालाई अढाइ लाख रुपियाँ नगद सहयोग गर्नुभएको छ ।
पूर्वाधारको सुनिश्चितता गरेर मात्र राष्ट्रिय खेलकुद : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि निर्धारित समयमा पूर्वाधार निर्माणको सुनिश्चितता गरेर मात्र मिति तोक्न सङ्घीय सरकारलाई आग्रह गर्नुभएको छ ।
ताप्लेजुङ गोल्डकप : सगरमाथा यूथ विजयी
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सगरमाथा यूथ क्लब मोरङ विजयी भएको छ । बुधबारका भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीलाई १–० गोलअन्तरले हराउँदै मोरङ विजयी भएको हो ।
साफ यु–२० फुटबल : माल्दिभ्सविरुद्ध भुटानको रोमाञ्चक जित
१० खेलाडीमा समेटिएको भुटानले साफ यु–२० च्याम्पियनसिप फुटबलमा माल्दिभ्सविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
नेपालगन्ज रङ्गशालाको सेन्थेटिक ट्रयाक छानबिन गर्दै उपसमिति
नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ मा क्रयाक भएको विषयमा अध्ययन गर्न गठन गरिएको उपसमितिले रङ्गशालामा पुगेर छानबिन गरिरहेको छ ।
डोग्मा ग्रुपलाई कर्पोरेट क्रिकेट लिग उपाधि
कर्पोरेट क्रिकेट टी–१० लिगको उपाधि उपाधि डोग्मा ग्रुपले जितेको छ । फाइनल खेलमा डोग्माले प्राइम बैङ्कलाई ६ विकेटले हरायो ।
भिजनले दक्षिण कोरियामा खेल्ने
दक्षिण कोरियाको सिओलमा आयोजना हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १४औँ संस्करणमामा नेपालका भिजन तामाङले प्रतिस्पर्धा गर्नुहुनेछ ।
फुटसल गोल्ड कप यसै महिना
हिमालयन फुटबल क्लब र गानादा एडुकेशनल कन्सल्टेन्सीको आयोजनामा हिमालयन फुटसल गोल्ड कप प्रतियोगिता भदौ २० र २१ गते हुने भएको छ ।
युएई सर्यो महिला टी–२० विश्वकप
बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाका कारण आइसिसी महिला टी–२० विश्वकप क्रिकेट संयुक्त अरब इमिरेट् (युएई) मा हुने भएको छ ।