• ९ भदौ २०८१, आइतबार

नेपालका भिजनलाई स्वर्ण

blog

काठमाडौँ, भदौ ८ गते । नेपालका भिजन तामाङले १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटीसी) मा शनिबार स्वर्ण जित्नुभएको छ । 

अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ४० केजीमुनि भिजनले स्वर्ण जित्नुभएको हो । 

दक्षिण कोरियाको क्युन्मिङ विश्वविद्यालयमा भिजनले सेमिफाइनलमा अमेरिका र फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गरी नेपाललाई स्वर्ण दिलाउनुभयो । नेपालबाट सहभागी भिजन एक्लो खेलाडी हुनुहुन्छ । 

प्रतियोगितामा नेपालसहित ८ राष्ट्रका ६ सय ५० खेलाडीको सहभागिता रहेको बताइएको छ । विजेतालाई आईओएफटीसीका निर्देशक दिवाकर महर्जन, प्रतियोगिता संयोजक राजु क्षेत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।